
झापाको बुद्धशान्ति –१ मा टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
वडा खेलकुद बिकास समितिको बुद्धशान्ति १ को आयोजनामा खेल हुने भएको छ ।
यहि माघ ११गतेदेखि १३ गते सम्म श्री त्रिभुवन माविको खेल मैदानमा प्रतियोगिता हुने खेलको आज प्रतेक टोलका खेल संयोजक प्रतिनिधि साथै स्थानियहरूको उपस्थितिमा गोला प्रथाबाट टाईसिट सार्वजानिक गरिएको आयोजक समितिले सुर्योदय न्युजलाई जानकारि दिनु भएको हो ।
आयोजक समितिका संयोजक एवम् वडा खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राईका अनुसार खेल टोल स्तरीय खुल्ला प्रतियोगिता हुनेछ ।
जसमा बिजेताले १५ हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने खेल व्यवस्थापन समितिका अध्यक्ष बालकुमार राइले बताउनु भयो ।
यसका साथै खेल अवधिभर खेलाडीहरू लाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रतेक खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिने आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको समितिका सचिव गजुहाङ योङहाङ बताउनु हुन्छ ।
माघ ११ गते वाट १३ गते सम्म सन्चालन हुने खेलमा जम्मा ९ वटा टिमको सहभागीता रहने वडा नं १ खेलकुद विकास समितिका सहसचिब मनोज थेगिम लिम्बूले जानकारि दिनु भयो ।