बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगितामा आज फागुन ४ गते दुई खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा गौरादह नगरपालिकाले झापा गाउँपालिका लाई ४६ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो।१७९ रनको लक्ष्य पछ्याएको झापा गाउँपालिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन पुग्यो।गौरादहका लागि ४० रन बनाएका सक्सेस तिम्सिना म्यान अफ दि म्याच घोषित भएका थिए उनलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं झापा जिल्ला क्रिकेट सघंका अध्यक्ष प्रविण थापा लगायत अतिथिले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो ।
त्यसैगरी दोश्रो खेलमा शिवसताक्षि नगरपालिका विरुद्ध कमल गाउँपालिका २५ रनले बिजयी भएको छ।पहिले ब्याटिङ गरेको कमल गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको थियो।१६१ रनको लक्ष्य पछ्याएको शिवसताक्षि नगरपालिकाले ६ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सफल भयो।कमल गाउँपालिकाका निम्ति ४ ओभरमा १३ रन दिएर २ विकेट लिएका रुपक बराल म्यान अफ दि म्याच घोषित भएका छन् ।शिवसताक्षिका निम्ति भने सन्दिप पौड्यालले ४१ रन बनाएका थिए।भोलि फागुन ५ गतेको पहिलो खेल भद्रपुर नगरपालिका विरुद्ध दमक नगरपालिका र दोश्रो खेल भने अर्जुनधारा नगरपालिका विरुद्ध कचनकवल गाउँपालिका बिच रहने आयोजक समितिका अध्यक्ष मदन प्रसाईले बताउनु भयो कार्यक्रममा बुद्धशान्ति खेलकुद विकास समितीका अध्यक्ष पर्शुराम चेम्जोङ,झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापा, संघका सदस्य हिमाल पोर्तेल, बुद्धशान्ति गाउँपालिका वडा नं ३ का पुर्व अध्यक्ष कमल उप्रेती,सितारमेश वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल,स्थानिय समाज सेवी गणेश खरेल,बुद्धशान्ति खेलकुद समितिका सदस्य मेदनि घिमीरे,बुद्धआदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मनोरथ तिवारी क्रिकेट खेलकुद व्यवस्थापन समितिका संयोजक दिपेन्द्र संग्रौला,बुधबारे इलाका प्रहरी चौकीका प्रमुख भानु मगर,कमल गाउँपालिकाका खेलकुद विकास संयोजक तेजकुमार राई, आशीर्वाद प्रतिष्ठानका सुधार केन्द्रका अध्यक्ष प्रेम सावा लिम्बु, बुद्धशान्ति क्रिकेट टिम अफिसीयल गोकुल पौडेल,विभिन्न संघ सस्थाका प्रतिनिधि सन्चारकर्मि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन संस्थाका सचिब मदन मगरले गर्नु भएको थियो