बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगरलाई नगरपालिका लाई ५ युकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको मेचिनगरले निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो।
९० रनको लक्ष्य पछ्याएको कचनकवलले गाउँपालिकाले १८.२ ओभरमा ५ विकेट गुमाउदै ९० रनको लक्छ पाप्त गर्दै फाईनमा प्रबेश प्रबेस गरेको छ ।४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट लिएका साथै व्याटिङ वाट १८ समेत बनाएका कचनकवलका अनिल लामिछाने खेलको म्यान अफ दि म्याच घोषित भए।
उनलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।फागुन १२ गते हुने फाइनल खेलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ ।
बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा झापा गोलकपका अध्यक्ष विनोद बस्नेत,सचिव करण श्रेष्ठ, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई,वडा नं २ का अध्यक्ष लेखनाथ खत्री,प्रमुख प्रशासकिय अधिकृत सुवास चन्द्र सुमन, बुद्धशान्ति गाउँपालिकावडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो भोलि हुने दोश्रो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिका बिच रहने छ।