बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको दोस्रो सेमिफाईनल
खेलमा गौरादह नगरपालिका र बिर्तामोड नगरपालिका बिच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ।गौरादह नगरपालिका लाई ८१ रनले पराजित गर्दै बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनाएको थियो।
बिर्तामोडका लागि सिवान्स बजगाईले ६२ रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २/२ विकेट लिएका थिए । १८८ रनको लक्ष्य पछ्याएको गौरादहले १३.४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो ।ब्याटिङमा गौरादका लागि अर्जुन यादबले ३८ रन र सुरज न्यौपानेले २४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अङ्कमा रन बनाउन सकेनन् ।बलिङ तर्फ बिर्तामोड लाई बिजयी गराउन रोहित राजवंशी र बिजय कार्कीले समान ३/३ विकेट लिएका थिए ।बिर्तामोडका लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२ रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए।उनलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो ।यता प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ ।
अब पर्सि फागुन १२ गते शनिबार बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका बिच उपाधी भिडन्त रहने बताईएको छ । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो फागुन १२ गते हुने फाइनल खेलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ । बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा प्रदेश सभा सदस्य तथा माननिय चिन्तन पाठक प्रमुख आतिथ्यता रहेको थियो भने गौरादह नगरपालिका जनप्रतिनिधि तथा नगर खेलकुद संयोजक सतोष भण्डारी, खेलकुद परिषद् सदस्य संतोष प्रसाई र श्याम बराल बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिस दहाल विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो ।