झापाको बुद्धशान्ति –४ स्थित गणेश माविको खेल मैदानमा भएको प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको उपाधि बुट्टाबारी उचालेको छ ।शनिवार भएको फाइनल खेलमा पहरीगाउँलाई ०/१ गोल अन्तरले हराउँदै बुट्टटबारीले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै बुट्टाबारीले नगद ५० हजार , ट्रफी र मेडल पाएको छ भने उपविजेता पहरीगाउँ इलामले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।खेलको म्यान अफ दि म्याच बुट्टाबारीका पुजन थापा भए।
त्यस्तै, उत्कृष्ट गोल किप्पर बुट्टाबारीका अभिषेक चौधरी भए भने उच्च गोलकर्ता पहरीगाउँका रमेश क्षेत्री भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर बुट्टाबारीका सनम राई भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको संयोजक तथा कार्यक्रमका अध्यक्ष रोशन कटुवाल लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
खेललाई थप रोचक बनाउन अमर नकआउट महिला फुटबल टिम र आईतबारे फुटबल क्लब महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा निर्धारित समयमा खेल बराबरी भएकाले ट्राइबेकरको आधारमा ३/४ गोल अन्तरले आइतबारे महिला टिम विजयी भएको थियो ।
शनिवार भएको फाइनल खेलमा माओबादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ न्युएभर विद्यालयका सन्चालक तिलक पाख्रिङ माओबादी केन्द्र बुद्धशान्तिका सचिव रूद्र भन्डारी वोडलिङ इन्टरनेटका सन्चालक सुनिल भट्टराई,सशस्त्र टिमाई वेश क्यामका प्रमुख चन्द्र भुजेल लगायतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष गणेश वहादुर डागीले औचित्यमाथि प्रकास पार्नु भएको थियो भने कार्यक्रमको सन्चालन सृजनशिल युवा समाजका सचिव साजन तामाङले गर्नु भएको थियो