
पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलको बजार नजिक मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ यात्रुको अहिले उपचार भइरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ। उनका हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार यात्रु उपचाररत छन्। अन्य सामान्य घाइते भएका यात्रु घर फर्किएका छन्।
हेटौंडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार छेउको खोलामा खसेको हो। घटनालगत्तै बजार क्षेत्रका स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए।