
झापा जिल्लाका उद्योगीहरु तथा उद्योग बाणिज्य संघ र बस्तुगत संघका अध्यक्ष तथा प्रतिनीधिहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा RMA(Rapid Market Assessment) संस्थागत विकासका लागि महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा उहाँले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले हाल उद्योग प्रतिष्ठानहरूमा कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने कुरा बताउनुभयो ।
अहिले श्रम बजार सम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको बताउनु भयो ।
नेपाल भेनियर उतपादक संघका अध्यक्ष एंव मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतिय कामदार रहेको छन् । कार्यरत १० प्रतिशत नेपाली कामदार पनि बैदेशिक रोजगारको पर्खाईमा रहेका छन् ।
झापा उद्योग संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यम बहादुर श्रेष्ठले चिया, चामल उद्योगहरुमा दक्ष प्राविधिहरुको अभाव रहको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सिपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने । रहेका जनशक्तिको पनि मागमा आपूर्ति नभएको बताउनु भयो ।
सफ्टवेयरमा रोजगारदातालाई जोड्न खोजेको बताउँदै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिसम्बन्धी माग र आपूर्ति सम्बन्धी समस्याको समाधान हुने बताउनुभयो । उहाँले उद्योग प्रतिष्ठानहरूले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थीतिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरु प्रगति गर्न नसक्ने, लगानीमैत्री वातावरण निर्मााणका लागि नीतिको आवस्यकता रहेको बताउदै उद्योगहरुको अवस्था बर्गिकरण सोेहि अनुसार समस्याको समाधान गर्नु पर्ने बताउनु भयो ।
हल्दिबारी इटा उद्योगकी संचालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतिय रहेको बताउदैं नेपाली कामदारहरुको उत्पादकत्व तुलनात्कम रुपमा कम रहेको बताउनु भयो ।
हियान फुड इण्डट्रजकी संचालिका शर्मिला अधिकारीले दक्ष कामदारको लागि भारतिय कामदारहरुमा भरपर्नु परेको बताउनु भयो ।
विभिन्न उद्योग प्रतिष्ठान व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू गरी करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले कार्यक्रमको विषयवस्तु प्रष्ट पार्दै यसमा जोडिन सबैमा आग्रह समेत गर्नुभएको थियो ।