
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ ले बुधवारे सेम्पल एजुकेशन एण्ड टेक्नीकल इन्टीच्युट प्रा .ली को सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा बुद्धशान्ति गाउँपालिका वडा नं ४ को संयुक्त कार्यक्रम अन्तर्गत महिला समाज कल्याण उपशाखा तथा वडा नं ४ को कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ४ का १०४ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो ।
बुधबारे सेम्पल एजुकेशन एण्ड टेक्नीकल इन्टीच्युट सन्चालक मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति १ स्थित बुधबारे बिच चोकमा रहेको सेम्पल एजुकेशनको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे सेम्पन एजुकेशनका सन्चालक उमेस भट्टराई र मनोज खड्काले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले आफ्ना भनाई राख्दै पछिल्लो समय अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिका वडा नं ४ ले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिका सग आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि वडाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ४ कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले युवा लक्क्षित कार्यक्रमले यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
सेम्पल एजुकेशनका सन्चालक उमेस भट्टराईले भन्नू भयो दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा जापानिज भाषा, काेरियन भाषा, जर्मन भाषा, अग्रेंजी भाषा, IELTS, PTE तथा कम्प्युटरका सम्पूर्ण कोर्सहरु शान्त वातावरणमा सिमित विद्यार्थीहरु राखी कक्षा सञ्चालन गरिएको र पाठ्यक्रम अनुसार कक्षा ८, ९, १० तथा ११, १२ र ब्याचलर सम्मका ट्युसन साथै परीक्षा तयारी कक्षाहरूका निम्ति दैनिक तथा साप्ताहिक रुपमा परीक्षा गराइ विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा आवश्यक पर्ने तालिमहरु तथा सुझावका कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा तालिमका सहभागीहरूले समयावधी थप गरेर अझै एड्भान्स तालिम सञ्चालनका लागि माग गरेका छन् ।
तीन महिना सम्म सन्चालन भएको तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय उमा देवि भन्डारि र गिता डागीले बताउनु भयो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ४ का वडा सदस्य एैत बाहादुर साँबा स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
बुधबारे सेम्पल एजुकेशनका सन्चालक मनोज खड्काले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन सृजन सिल युवा समाज बुद्धशान्ति का अध्यक्ष निर्मल पराजुलिले गर्नु भएको थियो ।