
के तपाईं आफ्नो तस्वीर नौजवान, सुन्दर र आकर्षक देखाउने फेसबुक लिंक गेम magic swap puzzle वा त्यस्तै खालको लिंक द्वारा बनाइएको आफ्नो फोटो हेरेर मख्ख परिरहनु भएको छ ?
त्यसोभए तपाईंको फेसबुक डाटा ह्याकरले लगिसक्यो र तपाईंको गोप्य कुराहरू उसले थाह पाइसक्यो ।
किनकि सुन्दर तस्वीर बनाउने लालचमा तपाईं आफैले आफ्नो फेसबुक त्यो लिंकमा कनेक्ट गर्नुभएको हैन ?
तस्वीर राम्रो बनाइदिने कुरा त माछालाई बल्छिमा फसाउन थापेको पासो थियो । तपाईं उसको पासोमा परिसक्नु भयो ।
अब तपाईंको तस्वीर AI प्रविधिको प्रयोग गरेर डार्क साइड वा पोर्न भिडियोमा हाल्दियो भने के गर्नुहुन्छ ?
अझ तपाईंले कतिपय ब्यक्तिगत डाटा राखिएका एप्सहरु पनि फेसबुक आइडी मार्फत नै लग अन गर्ने गर्नुभएको छ ?
त्यसो हो भने त तपाईंको ब्यक्तिगत डाटा पनि उसको हातमा पुगिसक्यो । तपाईं बलीको बोको बनिसक्नु भयो । कुन दिन मार हान्छ ठेगान हुँदैन ।
आज राम्रो थोप्डा भएको तस्वीर बनाउने चक्करमा भोलि ग्वाँ ग्वाँ रुनु पर्ने दिन नआओस् । बुझ्नेलाई श्रीखन्ड ।
साभार