झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा नेकपा एमाले को दोस्रो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
नेकपा एमाले वडा कमिटी बुद्धशान्ति ५ का अध्यक्ष गजाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरि वहादुर राजवंसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरि वहादुर राजवंसीले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै ३६५ दिनमा ३६४ दिन एमाले र १ काङ्गेस नहुन आग्रह गर्दै संगठन विस्तार भावी दिनमा कमिटी टोल लाई सकृय,गतिशिल,र अब्बल बनाउने साथै मुलुकको समसामयिक राजनिती र भावी निर्वाचनको सवालमा टोल कमिटी र अन्य मतदाताले खेल्नु पर्ने भुमिकाको बारेमा प्रष्ठ पार्नु भएको थियो ।
बुद्धशान्ति ५ स्थित जेष्ठ नागरिको शभाहलमा शनिवार सम्पन्न भएको अधिबेशनमा नेकपा एमालेमा रहेर योगदान पुर्याउनु हुने २५ जना वुद्धबुवा अामा हरूलाई सम्मान समेत गरेको छ ।
नेकपा एमाले झापा जिल्ला लेखा कमिटी सदस्य सम्भु पौडेल स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य टीका पाठक ,कोशि प्रदेश सदस्य लक्ष्मी कुमार राई , कोशी प्रदेस सदस्य धनश्याम अधिकारी नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शनिवार सम्पन्न दोस्रो वडा अधिवेशनबाट पुन गजाधर पौडेलको अध्यक्षमा रहदै उपाध्यक्षमा प्रबिन धिमाल, सचिव रामचन्द्र भट्टराई,सहसचिवद्वय दिनेश पोख्रेल र कल्पना तोलाङ्गि सहित २४ समिति सदस्य निर्वाचित भएका छन ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरू भगवती न्यौपाने, चन्द्र पौडेल, दिपक गौतम, गंङ्गा सुवेदी ,सृजना शेर्मा लगायतको उपस्थित रहेको कार्यक्रम सन्चालन नेकपा एमाले गाउँ कमिटी सदस्य भरत खतिवडा गर्नु भएको थियो ।