बुद्धशान्ति उद्योग बाणिज्यसंघ बुद्धशान्ति झापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको छ ।
सोमबार संस्थाको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको हो । निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाको सभापतित्व तथा झापा उद्योग बाणिज्यसंघ शाखा बुद्धशान्तिका संस्थापक अध्यक्ष बेणुप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पद हस्तान्तरण गरीएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक संस्थापक अध्यक्ष बेणुप्रसाद तिम्सिनाले नवनिर्वाचित अध्यक्ष दिपक सापकोटा सहित १३ सदस्यीय पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष बेणुप्रसाद सङ्ग्रौलाले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीको हितमा काम गरेर नमूना कार्यसमितिको रुपमा चिनाउनु पर्ने बताउदै आफ्ना भनाई राख्नु भएको थियो ।
सपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष दिपक सापकोटाले विश्वास गरेर आँफूलाई अध्यक्षको जिम्मेवारी दिनुहुने सम्पूर्ण व्यवसायीलाई धन्यवाद दिदै व्यवसायीको विश्वासलाई कहिल्यै गुम्न नदिने आफ्नो कार्यकाल उद्योग, व्यवसायीकै हितमा कार्य गर्ने उद्योग बाणिज्यसंघको संस्थागत हित र उद्योगी व्यवसायीको स्तर बढाउन स्थानीय निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था लगायतसंग हातेमालो गर्दै अघि बढ्ने समेत बताउनु भयो ।
निर्वाचन समितिका सदस्य भवानी शंकर उप्रेतीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नु भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रुद्रप्रसाद चापागाईं,मेची उद्योग बाणिज्य संघका सदस्य योगेन्द्र चिमरिया,संस्थाका अध्यक्ष चन्द्रप्रसाद उप्रेति नेकपा एमाले बुशान्तिका अध्यक्ष नेत्र रिजाल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बुद्धशान्तिका उपसभापति मनेश दाहाल, माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ, राष्टिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष नारायण न्यौपाने बुधबारे जेसिजका अध्यक्ष दुर्योदन देव सिह जनता समाजबादी पार्टी ,नेपाल बुद्धशान्तिका अध्यक्ष दुर्गा नेम्बाङ विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन निर्वाचन समिति सदस्य घनश्याम सापकोटाले गर्नु भएको थियो ।
गत जेठ २८ गते सम्पन्न भएको निर्वाचनबाट संघको उद्योग उपाध्यक्षमा दुर्गा कुईंकेल, बाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मीप्रसाद उप्रेती, उद्योेग सचिवमा हेमन्तराज बराल, बाणिज्य सचिवमा ज्ञानु थापा, कोषाध्यक्षमा ओमप्रकाश बाँस्तोला सर्वसम्मत रुपमा चयन हुनुभएको थियो भने महिला सदस्यमा ललिता गौतम र टिकादेवी चौलागाईं सर्वसम्मत चयन हुनु भएको थियो भने अन्य चार जना खुल्ला सदस्यमा भने पाँच जनाको उम्मेद्वारी परेकाले निर्वाचन गरिएको थियो जसमा खुल्ला सदस्यमा रामलाल कोईराला, मदन कुमार भट्टराई, चन्द्र कुमार कटुवाल र श्रीलाल रसाइली विजयी हुनु भएको निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाले जानकारि दिनु भयो ।