झापाको बुद्धशान्ति ५ मा रहेको चुल्ठे शान्तिनगर सामुदायिक बन उपभोक्ता समितीले आज बाट बृहत् बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वन तथा पर्यापर्यटन राज्य मन्त्री अनिसा झागरले वृक्ष रोपेर कार्यक्रमको उदघाटन गर्नु भएको हो । मन्त्री झागरले सामुदायिक वनले जङ्गलत जोगायो तर वन्यजन्तु कहाँ पुग्यो यो विषयमा हामिले सोचेका छैनौ जङ्गल भित्रका जिवजन्तु मैन्त्री जङ्गल बनाउन सामुदायीक वनहरूले अब आफ्नो कार्ययोजनामा यी विषयहरूलाई थप्नु पर्ने बताउनु भयो ।उहाँले भन्नू भयो पुर्वमा आउँदा जहाँ टेके पनि पर्यटक क्षेत्र भएकाले अब यसलाई पर्यटन क्षेत्रलाई दिगो गुरूयोजना बनाउनु पर्ने हो तर प्रदेश सरकार चलेको ६ वर्ष भैसक्तापनि पर्यटनमा कुनैपनि दिर्घकालिन योजना नभएकाले अब हामीले पर्यटन सगै वृक्षारोपण गरेर जङ्गलका जिवजन्तु मैन्त्री र प्रर्यापर्यटन मैन्त्री बनाउनु पर्नेमा जोड दिनु भयो ।शुक्रबार एक कार्यक्रमको आयोजना गरि उपभोक्ता समितीले बुद्धशान्ति वडा नं ५ र ६ साथै रोङ गाउपालिका वडा नं ५ को संगम स्थलमा चुल्ठे सामुदायीक वनको खालि जमिनमा वृक्षा रोपण सुरू गरेको हो ।
चुल्ठे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष प्रदिपदेव खतिवडाको अध्यक्षतामा उत्घाटन गरिएको कार्यक्रममा वन तथा पर्यापर्यटन राज्य मन्त्री अनिसा झागरको प्रमुख अतिथ्यता रहेको थियो ।समितिले मरिच,अम्बा,आँप, बार्हमासे कट्टर ,अमला ,टिक ,मलेसियन साल,बाँस गरि करिब ५००० हजार बिरुवा रोप्ने सुरू गरिएको संस्थाका सचिव चुडामणि न्यौपानेले बताउनु भयो ।कार्यक्रममा चुल्ठे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रदिपदेव खतिवडाले काठ मात्रै काटेर बाडेर बनको आम्दानी बडाउन नसकिने बताउदै पर्यटन तथा नगदे बाली लगाएर अन्य आम्दानिको स्रोत संगै बन्यजन्तुको समेत संरक्षणहुने भएका वृक्षा रोपण सुरू गरिएको बताउनु भयो । समितिका उपाध्यक्ष पबित्रा ढकालले स्वागत गर्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ६ का अध्यक्ष शिवराज पौडेल , वडा नं ५ का वडा अध्यक्ष डेगेन्र्द कार्की माओवादी केन्द्र बुद्धशान्ति अध्यक्ष प्रेम नेङ्बाङ, प्रदेश सदस्य बोधराज दाहाल, फ्रेन्डसीप क्लब अध्यक्ष रुद्र निरौला,बुधबारे इलाका प्रहरि चौकीका प्रमुख सुवास सेर्पा गडिगाँउ विद्यालयका स्काउट दल ,सम्पुर्ण पार्टिका प्रतिनिधि, स्थानिय वासि लगायत ३०० माथी उपभोक्ताको सहभागीता रहेको कार्यक्रमको संचालन समितिका सचिव चुडामणि न्यौपानेले गर्नु भयो । भोैतिक विकासमा पछाडि परेपनि प्राकृतिक रुपमा साँच्चै रमणीय प्राकृतिक छटाहरूले भरिएको यस ठाउँलाई चुल्ठे शान्तिनगर सामुदायिक बनलाई पर्यटन सग जोड्ने सके बुद्धशान्तिकै राम्रो पर्टक स्थल बन्नेमा दुइमत छैन