
बुद्धशान्ति ३ स्थित साना किसान कृषि सहकारी संस्था लिमीटेड बुधबारेको नवौ. वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार रामजानकी मन्दिरको सभाहलमा संस्थाका अध्यक्ष केशव सापकोटाको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिका रुपमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष पार्वता वजगाईले उपस्थित सम्पूर्णलाई अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष केशव सापकोटाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रमको अवसर पारेर उत्कृष्ठ व्यवसायिक उद्यमी वर्ष उत्कृष्ठ व्यवसायिकहरूमा ललिता अधिकारी संचालक वेनु प्रसाद गौतम अ. स. अध्यक्ष पुर्ण कुमारि अधिकारी सहित अन्तर समुहका पदाधिकारिहरू साथै कर्जा कारोबार गर्ने उत्कृष्ठ ऋणीमा टीका भट्टराई, ,जेष्ठ सेयर सदस्य महिला ज्येष्ठ शेयर पुरूषमा टिकामाया दहाल, विनोद प्रसाद आचार्य, लक्ष्मी प्रसाद गौतम, लक्ष्मी सुबेदिको छोरा अमृत पोख्रेल लगायत लाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरूले साना किसान कृषि सहकारि संस्था छोटो समयमा उल्लेख्य प्रगति गर्ने संस्थाको रुपमा बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका नन्दिकेसर घिमिरेले गर्नु भएको थि