
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले आज देखि राष्ट्रिय परिचयको विवरण संकलन कार्य सुरु गरेको छ ।
आज भन्दा केही समय अघि नै संचालन भएको विवरण संकलन कार्यमा छुट्नुभएका तथा विवरण रद्ध भएका वडाबासहरुको सजताका लागि पुन यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रायको भनाई छ ।
नेपाल सरकार पञ्जिकरण विभागको अभियान अन्तरगत यस वडाका स्थानीयको राष्ट्रिय परिचय पत्र बनाउनका लागि विवरण संकलन कार्य सुरु गरिएको वडाका वडा अध्यक्ष शेरबहादुर रायले बताउनु भएको छ ।