
झापामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड– ६ स्थित बुटाबारीनजिकै विजयादशमीको मुख्य दिन अर्थात् आज भएको सगरमाथ कम्पनीको प्र. १–०१–००१ ख ४४५९ नम्बरको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुनसरी इटहरी– ११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक मोरङ रंगेली– २ का ४२ वर्षीय कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी १३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
उक्त बस विराटनगरबाट काँकडभिट्टा जाँदै थियो। बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक चौहानले बताए । सवारीचालक बने फरार रहेको प्रहरीले जनाएको छ