
झापाको अर्जुनधारामा जारी झापा जिल्ला अन्तरपालिका अण्डर–१८ फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएको छ ।
निर्धारित समयमा खेल बराबरीमा सकिएपछि ट्राइब्रेकरमा मेचीनगर नगरपालिका पराजित गर्दै बुद्धशान्ति गाउँपालिकाले उपाधी चुमेको हो।उपाधी विजेता बुद्धशान्तिले नगद एक लाख ,ट्रफी ,मेडल प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बुद्धशान्तिका सन्दिप लिम्बु घोषित भए।त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर बुद्धशान्तिका रिजन ल्वागुन,उत्कृष्ट डिफेन्स बुद्धशान्तिका अनिल गिरी,उत्कृष्ट मिडफिल्ड पनि बुद्धशान्तिकै सन्दिप लिम्बू घोषित हुँदा प्रतियोगिताको उत्कृष्ट कोच पनि बुद्धशान्ति फुटबल टिमका कोच सन्तोष बस्नेत घोषित भए।शनिश्चरे फुटबल क्लब को आयोजना सम्पन्न प्रतियोगिताका झापा जिल्ला भरीका पालिका मध्ये उत्कृष्ट प्रदर्शन गर्दै बुद्धशान्तिका युवा खेलाडी जिल्ला स्तर मै च्याम्पियन बनेको हो।






