
बुद्धशान्ति गाउँपालिका वडा न:२ खेलकुद विकास समितिको आयोजना ,नवज्योति युवा क्लबको सह-आयोजना ,बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा माघ १० गते बाट सुरु भएको बुद्धशान्ति गाउँपालिका तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगितको उपाधी वडा न:३ ले जितेको छ।
फाइनलमा वडा न :३ ले वडा न:१ लाई २-१ अन्तरले पराजित गर्दै उपाधी चुमेको हो।वडा न:३ का लागि पुजन नेम्बाङ र बिजय राईले तथा वडा न:१ का लागि राहुल लिम्बुले १-१ गोल गरेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा न: ३ का पुजन नेम्बाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न:२ का समीर धिमाल भए।उनले नगद ६ हजार ,ट्रफी प्राप्त गरे।प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न:३ का रिजन ल्वागुन,उत्कृष्ट डिफेन्स वडा न:१ का धिरज मगर,बुद्धशान्ति ट्यालेन्ट को रुपमा वडा न:४ का आयुष राई घोषित भए।
प्रतियोगिताको बिजेता वडा न:३ ले नगद ५० हजार ,ट्रफी ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता वडा न:१ ले नगद २५ हजार ,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडा को अध्यक्षतामा भएको आजको खेलमा,बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा , बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ,विभिन्न वडाका वडाध्यक्ष , बुद्धशान्तिका विभिन्न संघसंस्थाका प्रतिनिधि ,खेलप्रेमी ब्याक्तित्वहरु,जनप्रतिनिधि , लगायत उपस्थिति रहेको कार्यक्रम को संचालन खेलकुद विकास समितिका गोकुल पौडेलले गरेका थिए ।
माघ १० देखि १७ गते सम्म बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा प्रतियोगिता संचालन भएको थियो।






