झापाको बुद्धशान्ति २ स्थित कञ्चनजंघा बाल सदनको छटौँ वर्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्ली ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शैक्षिक तथा खेलकुद पुरस्कार समेत वितरण गरिएको थियो ।
विद्यालयका संचालक चेतन सुवेदीले औचित्यमाथि प्रकास पारेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला, नेकपा एमाले बुद्धशान्ति इन्चार्ज टिका पाठक, बुद्धशान्ति साप्ताहिकका सम्पादक रोसन भट्टराई, अभिभावक विजय मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा विद्यार्थीहरु आफैँले उत्पादन गरेको अचार स्टलका रुपमा राखिएको थियो । विद्यार्थीहरुलाई सैदान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञानमा पनि पोख्त बनाउनु पर्छ भन्ने उद्देश्यले यस विद्यालयले विद्यार्थीहरुलाई दुवोको माला बनाउने, सिलाई बुनाईको काम, मिक्स अचार बनाउने कला जस्ता सीपहरु सिकाएको पाइएको छ ।विद्यालयको आफ्नै प्रांगणमा भएको कार्यक्रमको संचालन विद्यालय संचालिका रन्जु सुवेदीले गरेकी थिइन् ।