युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगिताआज बाट सुरु भएको छ । आज भएको खेलमा आयोजक र पाथिभरा भेट्रान्स क्लब रोङ बिच प्रतिस्पर्धा भएको थियो । जस्मा आयोजकले १ का विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।
आज देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको सभापतित्व, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यता, बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले, ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, ६ का वडाध्यक्ष शिवराज पौडेल, बुद्धशान्ति २ का वडासदस्य विक्रम बोहोरा, अमिर श्रेष्ठ, सन्जु पौडेल, विमला विक, बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, साना सहरी खानेपानीका अध्यक्ष ध्रुव ओली,।
आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुली, बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी, जयपुर तेक्वान्दो डोजाङका संचालक अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी चन्द्र गौतम, आदर्श युवा क्लब बुद्धशान्तिका अध्यक्ष मात्रिका श्रेष्ठ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष वाग्ले र चेम्जोङले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रमेश नेपालले गरेका थिए ।
आज देखि सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने खेल भने भद्रपुर भेट्रान्स क्लब र कनकाई भेट्रान्स क्लब सुरुङ्गा बिच हुने बताइएको छ ।
प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको छ ।
बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ । आज भएको खेलमा आयोजक तर्फबाट गोल रक्षक रुपक गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।