युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा भद्रपुर भेट्रान्स र कनकाई भेट्रान्स सुरूङ्गा बिच प्रतिस्पर्धा भएको थियो । जस्मा भद्रपुर भेट्रान्स लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै कनकाई भेट्रान्स सुरूङ्गा विजयी भएको थियो ।
शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा विर्तामोड भेट्रान्स क्लब र पाराबारी भेट्रान्स क्लब शिवसताक्षी बिच खेल हुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको जानकारी दिनुभयो ।
जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष डिल्ली अोलि, अतिथिहरूमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल,बर्खा स्मृति प्रतिष्ठानका सदस्य दिपेन्द्र संग्रौला,नवज्योति युवा क्लबका पुर्व अध्यक्ष नवीन पोख्रेल, समाज सेवि कमल श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो।
त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलिले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष शेमन्त पोख्रेलले गर्नु भएको थियो ।
प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल जानकारी बताउनु भयो छ ।
आज भएको खेलमा कनकाई भेट्रान्स सुरूङ्गाका खेलाडी पालुङ फिप्गेन म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।