
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा पाराबारी भेट्रान्स क्लब शिवसताक्षी लाई १ का विरुद्ध ५ गोल अन्तरले हराउदै जयपुर भेट्रान्स क्लब फाइनलमा प्रवेस गरेको छ ।

खेलको सुरू भएको ११ औं मिनेटमा पाराबारीले पहिलो गोल गरेको थियो भने आयोजकको तर्फबाट पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेको थिएन भने दोस्रो हाफ सुरु भएको १५ अौ मिनेटमा अायोजकको तर्फबाट मित्र बस्नेतले आफ्नो टिममा पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा थप ४ गोल गर्दै पाराबारी भेट्रान्स शिवसाक्षी लाई १/५ गोलको अन्तरले हार चखाउदै जयपुर भेट्रान्स आयोजक फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।

असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् ,भने भोलि हुने सेमिफाईनल खेलमा काँकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेन्ट्रास सुरूङ्गा बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

आज भएको खेलमा आयोजक भेट्रान्सका मित्र बस्नेत म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ । म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।
संस्थाको परिचय
खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा भेट्रान्स कप फुटबलको आयोजना गरिएको बताउदै युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेलले भन्नू भयो आउदा दिनहरूमा पनि अझ ब्यवस्थित ढंगबाट खेल खेलाउदै जाने साथै यस खेलबाट बचेको रकम बाट विभिन्न समाजिक कार्यहरूमा लगाउने बताउनु भयो ।

समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भएको युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।
यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै प्रहरी सगँको सहकार्यमा टार्फिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम वृद्धबुवा अामाहरूलाई सम्मान विभिन्न ठाउँहरूमा गएर अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

हाल संस्थाका अध्यक्षमा सेमन्त पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम ,राम धिमाल ,कमल भुजेल, अनिल कोईराला,रहनु भएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।











