![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/10/IMG_2168-1024x555.jpg)
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेट्रान्स, सुरूङ्गा बिच भएको खेलमा ०/१ गोल अन्तरले हराउदै काकरभिट्टा भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
खेल सुरू भएको २२ औं मिनेटमा काकरभिट्टा का रमेश गुरूङले पहिलो गोल गरेका थिए भने कनकाई भेट्रान्सले भने पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेन ।
दोस्रो हाफमा खेलको निर्धारीत समयमा पनि कनकाइ भेट्रान्स सुरूङ्गाले कुनै पनि गोल गर्न नसकेपछि ०/१ गोलको अन्तरले हार चखाउदै काकरभिट्टा भेट्रान्स फाइनलमा पुगेको हो ।
असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका थिए भने प्रतियोगिताको फाइनल असोज २० गते शनिबार हुने युवा आवाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।
प्रतियोगिताको फाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र आयोजक भेन्ट्रास क्लब जयपुर बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।
आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने फाइनल खेलको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।
आज भएको सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब का रमेस गुरूङ म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका गुरूङलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले पुरस्कार वितरण गर्नु भएको थियो ।
युवा आवाज बुद्धशान्तिले अायोजना गरेको प्रथम भेट्रान्स नकअाउट कपको प्रत्येक खेलमा म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानका तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।