झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको हिजो भएको फाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब लाई ०/२ गोल अन्तरले हराउदै आयोजक भेन्ट्रास क्लब जयपुर प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको छ ।
खेल सुरू भएको २० औं मिनेटमा आयोजक भेट्रान्स क्लब जयपुरका पुर्ण सुब्बाले पहिलो गोल गरेका थिए भने काकरभिट्टा भेट्रान्सले भने पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेन ।
दोस्रो हाफमा खेलको १३ अौं मिनेटमा अायोजक भेट्रान्स क्लब जयपुरका केशव दाहालले थप १ गोल गर्दै टिमलाई थप बलियो बनाएका थिए भने काकरभिट्टा भेट्रान्सले भने निर्धारीत समयमा कुनै पनि गोल गर्न नसकेपछि ०/२ गोलको अन्तरले हार चखाउदै आयोजक भेट्रान्स जयपुर नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।
त्यस्तै फाइनल खेल अघि भएको सो म्याचमा जयपुर युवा क्लब र शिक्षक कर्मचारी बिच भएको थियो जस्मा शिक्षक कर्मचारीलाई ०–२ गोल अन्तरले हराउदै जयपुर युवा क्लब विजयी भएको थियो ।
असोज १३ गते शनिबार बाट आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा विभिन्न ८ वटा टिम सहभागिता रहेका थिए भने,फाइनल खेलको पहिलो विजेता टिमलाई नगद रू ५० हजार ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो भने उपविजेता टिमलाई नगद रू ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर आयोजक भेट्रान्स क्लब जयपुरका रूपक गुरूङ भएका थिए भने उच्च गोलकर्ता मित्र बस्नेत भए, आयोजक टिम बाट नै केशव राज दाहाल,म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका गुरूङलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले पुरस्कार वितरण गर्नु भएको थियो ।
नकअाउट कपको प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानका तर्फबाट पुरस्कृत गर्दै अाएको युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेलले जानकारी बताउनु भयो ।
शनिबार सम्पन्न फाइनल खेलमा जयपुर भेट्रान्स क्लबका जेष्ठ खेलाडीको रूपमा ६६ बर्षिय अशोक पोख्रेललाई सम्मान समेत गरिएको थियो, युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको संयोजन संस्थाका अध्यक्ष सेमन्त पोख्रेलको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाँइको प्रमुख अातिथ्यता त्यस्तै अतिथिहरूमा वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलि, वडा नं २ वडा सदस्यहरू विक्रम बोहोरा,अमिर श्रेष्ठ झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दाहाल, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइ, बुधबारे साना शहरी खाने पानि उपभोक्ता समितिका अध्यक्ष धुर्व अोलि, आदर्श मा. वि.सहायक प्रमुख बुद्धमणी गौतम, इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रबिन भट्टराई, बुधबारे जेसिजका अध्यक्ष अर्जुन ढकाल टिमाई, पुर्व अध्यक्ष मुकेस भट्टराई, बेसक्याम प्रमुख,नाशिर मेनपावर संचालक विरेन्द्र राउत, लगायतको अातिथ्यतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई युवा अावाज बुद्धशान्तिका उपाध्यक्ष रमेश नेपालले साब्दिक स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्थानिय समाज सेवि गुरु अोलिले गर्नुभएको थियो ।
पछिल्लो समय युवा आवाज बुद्धशान्तिले समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध बुद्धशान्तिका विभिन्न ठाउँहरूमा जनचेतना मूलक कार्यक्रम लगायत विभिन्न सामाजिक कार्य गर्दै खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके राम्रो बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु गर्दै जाने संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले बताउनु भयो ।
हाल संस्थाका अध्यक्षमा सेमन्त पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम, सदस्यहरूमा , प्रकाश खनाल, टंक खतिवडा, खिनामाया गौतम, दिपा खरेल, भावना अाचार्य, रत्नकला फुयेल,कमल भुजेल, उद्यव भण्डारी, राम धिमाल अनिल कोईराला,रहनु भएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।