बुद्धशान्ति : आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै बुद्धशान्ति गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीको आन्दोलनका कारण गाउँपालिकाको सेवा प्रभावित भएको छ ।
स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति सह सचिव दुर्योधन देव सिंहका अनुसार गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार कामकाज ठप्प पारेको बताइएको छ ।
साथै झापाका विभिन्न पालिका हरूमा पनि धर्ना बसि सेवा ठप्प पारेका छन, बुद्धशान्ति गाउँपालिकाका ७ वटै वडामा रहेका कर्मचारीहरु धर्नामा बसेका छन, उनिहरुले गाउँपालिकाको मुल गेटमा आफ्ना मागहरु समेटिएको कालो ब्यानर समेत टाँसेका छन् । स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको
स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति संयोजक देवेन्द्र कट्वालले बताउनु भयो
साथै अान्दोलनलाई थप रचनात्मक बनाउन बुधबार स्थानीय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तीले गाउँपालिकाको परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति सह सचिव दुर्योधन देव सिंहले जानकारि दिनु भयो