झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित पेट्रोलपम अगाडीको खेल मैदानमा प्रथम वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित आदर्श युवा क्लब बुधबारेको आयोजनामा विजया दशमि तथा शुभ दिपावलि साथै छट पर्वको अवसरमा यहि असोज २८ गते आइतबार देखि ३० गते मंगलबार सम्म प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
आदर्श युवा क्लबको आफ्नै भवनमा शुक्रवार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो ।आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठका अनुसार दशैँको अवसरमा यही असोज २८ देखि ३० गते सम्म बुद्धशान्ति ३ स्थित पेट्रोलपम अगाडिको खेल मैदानमा प्रतियोगिता संचालन हुने भएको हो प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहने प्रतियोगिता आयोजना समितिका कोषाध्यक्ष गोकुल पौडेलले बताउनु भयो
प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन,भने उपविजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि विविध कार्यक्रम सन्चालन गर्ने क्लबको उद्येश्य रहेको बताउदै असोज २८ गते देखि ३० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ लाख ५० हजार खर्च अनुमान गरिएको क्लबका सचिब दुर्योधन देवले बताउनु भयो ।
खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा उत्तिकै चासो दिएर खेलाउने आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्त बनाउन र उनिहरुकाे बिकासमा टेवा पुर्याइ कुलतमा फस्नबाट जाेगाउन विभिन्न खेलको आयाेजना गरिरहेको क्लबका उपाध्यक्ष दिपक सुब्बाले बताउनु भयो ।
पहिलो पटक आयोजना गर्न लागिएको प्रथम वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताका लागि गाउँपालिकाले रू ७५ हजार अार्थिक सहयोग गर्ने भएको छ भने स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताईएको छ ।