
झापाको बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा ‘प्रथम बुद्धशान्ति अध्यक्ष कप वडास्तरिय टी-१० क्रिकेट प्रतियोगिता-२०८०’ को उद्घाटन भएको छ
आइतबार क्लबका अध्यक्ष मातृका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धाशान्ति गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मनोज प्रसाई र कार्यक्रमका बिशिस्ट अतिथि भवानी प्रसाद खतिवडाले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आदर्श युवा क्लव बुद्धशान्तिले आयोजना गरेको कार्यक्रमलाई प्रायोजन बद्धशान्ति गाउँपालिकाले गरेको छ । पछिल्लो समय क्रिकेट खेलमा मानिसहरुको लगाव असाध्यै धेरै भएकाले रुचि र माग अनुसारको खेलको आयोजना गरिएको आयोजक समितिका कोषाध्यक्ष गोकुल पौडेलले बताउनुभयो ।
बुद्धशान्तिका सबै वडाका खेलाडीहरुले क्रिकेटको अभ्यास गरिरहे पनि प्रतियोगितामा सहभागी हुने अवसर नपाएको गुनासो बढ्न थालेपछि गाउँपालिकाका सातवटै वडाका खेलाडीलाई प्रतिस्पर्धा गराएर त्यस मध्येका उत्कृष्ट खेलाडीहरुको पहिचान गरि बुद्धशान्तिमा बलियो क्रिकेट टीम निर्माण गर्ने उद्येश्यले बुधबारेमा ‘प्रथम बुद्धशान्ति अध्यक्ष कप वडास्तरिय टी-१० क्रिकेट प्रतियोगिताको अायोजना गरिएको आयोजक समितिका सचिव दुर्योधन देव सिंहले बताउनुभयो ।
आदर्श युवा क्लबले यसअघि फुट्बल खेलको मात्र आयोजना गर्यो भनेर जनगुनासो बढ्न थालेको र क्रिकेटको माग बढ्दो अवस्थामा रहेपछि क्रिकेट खेलको आयोजना गरिएको आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनुभयो । भविष्यमा अन्य कार्यक्रमलाई जस्तै क्रिकेटलाई पनि प्राथमिकताका साथ आयोजना गरिने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आइतबारबाट सुरु भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको विषिष्ठ अातिथ्यता रहेको कार्यक्रममा वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय ५ नं वडा का वडा अध्यक्ष डेगेन्द्र कार्की , बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख प्रविन भट्टराई टिमाई वेश क्याम प्रमुख राम लिम्बू, बर्खा प्रतिस्ठान अध्यक्ष मदन प्रसाई समाज सेवि मनेस दाहाल लगायतको अातिथ्यतामा भएको प्रतियोगिता फाइनल असोज ३० गते मंगलबार समापन हुने आयोजकले जनाएको छ
प्रतियोगिताको विजेताले २५ हजार नगद पुरस्कार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन, भने द्वितीयले १५ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलमा मेन अफ द म्याच, घोषित हुनेछ भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने छ भने र म्यान अफ द म्याच भएका खेलाडीलाई बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।
जसले नगद १ हजार १ सय सहित ट्रफि प्रप्त गर्नेछ भने ह्याट्रिक सीक्स र ह्याट्रिक विकेट पनि प्रत्येक खेलमा घोषित हुनेछन् उनिहरुले नगद सात सय रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी प्रतियोगिताको फाइनल खेलमा मेन अफ द सिरिज घोषणा गरिनेछ जसले नगद ५ हजार एक सय सहित ट्रफि प्राप्त गर्नेछ । उक्त प्रतियोगिताको संयोजक आदर्श युवा क्लबका उपाध्यक्ष दिपक सुब्बाले गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुसहित बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा सम्पुर्ण अतिथि हरूलाई क्लबका निबर्तमान अध्यक्ष मनेष दाहालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन आदर्श युवा क्लबका सचिव दुर्योधन देव सिंहले गर्नुभएको थियो ।