झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित श्री जागृति युवा क्लब बुद्धशान्ति-५ पानी घट्टाको आयोजनामा दोस्रो शान्तिनगर नकआउट फुटबल प्रतियोगिताको हिजो भएको खेलमा विर्तामोड छिमेकि क्लब र डाइमन्ड FC रोङ बिच भएको खेलमा २-१ गोल अन्तरले हराउदै विर्तामोड छिमेकी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
श्री जागृति युवा क्लब बुद्धशान्ति ५ को आयोजनामा सन्चालन भएको फुटबल प्रतियोगिताको आज भएको खेलमा विर्तामोड छिमेकी फुटबल क्लब र डाइमन्ड FC रोङ बिच प्रतिस्पर्धा भएको थियो खेल सूरू भएको ४ मिनेटमा डाइमन्ड FC रोङका विप्लव लामाले १ गोल गरेका थिए भने खेल सुरू भएको २८ अौं मिनेटमा विर्तामोड छिमेकी क्लबका राजेस दाहालले पनि आफ्नो टिमलाइ १ गोल गर्दै पहिलो हाफमा खेललाई बराबरी बनाएका थिए ।
दोस्रो हाफको २५ अौ मिनेटको समयमा विर्तामोड छिमेकी फुटबल क्लबका सेमिहाङ लिम्बुले थप गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने , दोस्रो हाफमा रोङ डाइमन्ड FC ले गोल फर्काउन नसके पछी विर्तामोड छिमेकी फुटबल क्लबले २/१ गोलको अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
मंसिर १० गते बाट १७ गते सम्म सन्चालन भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् भने भोलि हुने खेलमा जागृति युवा क्लब आयोजक र ड्रिमसं F C बिच हुने आर्थिक व्यवस्थापन समितिका सदस्य प्रध्युन्न भट्टराइले बताउनु भयो ।
मंसिर १७ गते हुने फाइनल प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुने उप विजेतालाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने बताइएको छ त्यस्तै प्रत्येक खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, खेलमा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट खेलको उत्तकृष्ठ गोल प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्दै आएको बताईएको छ भने खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने खेलकुद समितिका सचिब भोजराज खवासले जानकारी दिनु भयो
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको ८० हजार साथै वडा नं ५ वडा कार्यलय वाट ७० हजार स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको खेलकेुद समितिका अार्थिक संयोजक दिलिप कुमार सरदारले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको सरदार बताउनु हुन्छ । श्री जागृति युवा क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको श्री जागृति युवा क्लबका अध्यक्ष टेक बहादुर गदालले बताउनु भयो ।