![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/11/InShot_20231129_184622683-1024x683.jpg)
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित श्री जागृति युवा क्लब बुद्धशान्ति ५ पानी घट्टाको आयोजनामा दोस्रो शान्तिनगर नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा जागृति युवा क्लब आयोजक र ड्रिमसं F C इलाम बिच भएको
खेलमा ५-१ गोल अन्तरले ईलाम लाई हराउदै जागृति युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
श्री जागृति युवा क्लब बुद्धशान्ति ५ को आयोजनामा सन्चालन भएको फुटबल प्रतियोगिताको आज भएको खेलमा जागृति युवा क्लब आयोजक र ड्रिमसं F C इलाम बिच प्रतिस्पर्धा भएको थियो खेल सूरू भएको ९ मिनेटमा जागृति युवा क्लब आयोजक का रोमन भुजेलले १ गोल गरेका थिए भने दोस्रो हाफको १५ मिनेट भित्रमै जागृति युवा क्लब आयोजक का रोमन भुजेल र पारस लिम्बुले थप १ /१ गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका थिए।
एता दोस्रोहाफको अन्तिम २८ अौ मिनेटमा ड्रिमसं F C इलामका विशाल माझिले १ गोल फर्काउन सफल भएका थिए भने जागृति युवा क्लब आयोजकले ड्रिमसं F C इलाम लाई ५/१ गोलको अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
मंसिर १० गते बाट १७ गते सम्म सन्चालन भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् भने भोलि हुने खेलमा खुदुनाबारी FC र बहुवन FC बिच हुने आर्थिक व्यवस्थापन समितिका सदस्य प्रध्युन्न भट्टराइले बताउनु भयो ।
मंसिर १७ गते हुने फाइनल प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई उप विजेतालाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने बताइएको छ त्यस्तै प्रत्येक खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, खेलमा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट खेलको उत्तकृष्ठ गोल प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्दै आएको बताईएको छ भने खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिनेखेलकुद समितिका सचिब भोजराज खवासले जानकारी दिनु भयो
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको ८० हजार साथै वडा नं ५ वडा कार्यलय वाट ७० हजार स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको खेलकेुद समितिका अार्थिक संयोजक दिलिप कुमार सरदारले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको सरदार बताउनु हुन्छ । खेललाई थप रोचक बनाउन बिच बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो
श्री जागृति युवा क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको श्री जागृति युवा क्लबका अध्यक्ष टेक बहादुर गदालले बताउनु भयो ।