शिक्षा अभियन्ता गाैरीलामाशिक्षा पुरस्कार डिन्छेन गाेम्देनलाई बितरण गरिएकाे छ ।
राेङ गाउपालिका वडा न ६ ले वडाका सामुदायिक बिद्यालयहरुवाट उत्कृस्ट जि पि ए ल्याउने एक जना बिद्यार्थीलाई हरेक बर्ष बितरण गर्ने गरेकाे साे पच्चिसहजार रासीकाे पुरस्कार यसबर्ष माेतिराम मा बिमा अध्ययन गरि एस ई ई परिक्षामा उत्कृष्ट छात्र गाेम्देनले पाएका हुन ।राेङ गाउपालिकामा अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख अातिथ्यता,सामाजिक बिकास समिति राेङका प्रमुख तथा वडा न ६ का अध्यक्ष सत्यम् राई चाैरासेकाे बिशेष अातिथ्यता भएकाे उक्त पुरस्कार बितरण कार्यक्रमा शिक्षाबिध दल बहादुर माेक्तानले गाैरीलामाकाे बारेमा प्रष्ठ पार्नु भएकाे थियाे ।
भने सरस्वती मा बिका प्र अ गाेबिन्द पाैडेलले शुभकामना मनत्ब्य राख्नु भएकाे थियाे ।गत बर्षकाे एस ई इमा समेत राेङ उत्कृस्ट बनेकाे गाेम्देनलाई गाउपालिकाले शिक्षा दिवसकाे अवसरमा प्रससा पत्रले सम्मान गरेकाे थियाे भने अाज गाैरी लामाकाे पनाती राेहित स्याङ्वाेले सम्मानपत्र र गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाे र वडाध्यक्ष सत्यम राई चाैरासेले नगद पुरस्कार बितरण गर्नु भएकाे हाे ।
धेरैलाई थाहा नहुन सक्छ अाखिर काे हुन त शिक्षा अभियन्ता भनिएका गाैरी लामा ।सुगाैली सन्धितामा दार्जिलिङमा बस्ने शिक्षित ब्याक्ति थिए उनि ।जव सुगाैली सन्धिबाट नेपालकाे सिमाना मेचीनदी कायम भयाे उनि म नेपाली हु र नेपालमै बस्छु भनेर अहिलेकाे राेङ गाउपालीका वडा न ६ काे सलकपुर नजिकै कातिके भन्ने स्थानमा अाएर बसेका उनका पनाती राेहित स्याङ्वाेले बताउनुभयो
उनि सलकपुरमा अाएर राणाकालिन समयमा २००४ सालमा स्कुल स्थापना गरेर शिक्षाकाे ज्याेति फैलाउदै रहेकाे अनि २००८ सालमा सचालक समितिमा रहेर सलकपुरमा मिडिल स्कुल बनाउने प्रस्तावक रहेकाे र त्यसकाे समर्थनमा विश्वनाथ घिमिरे (कान्छा महाजन ) (जसलाई पचायले हत्या गर्याे शहिद )मनिराज भारतीले समर्थन गरेकाे दस्तावेज अहिले पनि रहेकाे बिद्यालयका पुर्वप्रधानाध्यापक दलबहादुर माेक्तानले बताए ।गाैरी लामाले कातिकेमा सुरुगरेकाे सुन्तला खेति नै पछि सलकपुरमा बिस्तार भएकाे हाे ।
राेङ गाउपालिका वडा न ६ काे लामिटार अाधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षतामा भएकाे कार्यक्रमा स्वागत मनतब्य प्रधानाध्यापक लाखबहादुर सावाले गरेका थियाे भने कार्यक्रमकाे सचालन वडा सचिव खगेन्द्र खतिवडाले गरेका थिए ।