
विश्वभर ३२औ अपाङ्गता दिवस मनाईरहेको अवस्थामा शान्ति अपाङ्ग संघ बुद्धशान्तिले पनि दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता भन्ने नाराका साथ एक कार्यक्रमको आयोजना गरी ३२औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।
अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता हुनुपर्छ भन्दै बुधबारे बजार परिक्रमा पछि शान्ति अपाङ्ग संघको कार्यालय अघि औपचारिक कार्यक्रम गरेको थियो ।
शान्ति अपाङ्ग संघको उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष नरेन्द्र कुमार लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख मिना विष्ट , स्वास्थ्य शाखा प्रमुख धिरेन यादव,ईलाका प्रहरी कार्यालय बुधबारेक प्रतिनिधि , समाजसेबी लगायत संचारकर्मीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आतिथिहरुले मन्तब्य राख्नु भएको थियो भने संस्थाका सचिव कृष्ण रिजालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।