पुर्वी गर्जन मिडिया प्रालिद्वारा स्थापित “एकीकृत जनक्रान्ती बलिदान कोष” बाट पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । बिर्तामोडमा आज बिहिवार एक कार्यक्रमबीच पूर्वी गर्जन मिडिया प्रालिले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोषबाट युवा पत्रकार ढकाल सम्मानपत्र र नगद १० हजारसहित पुरस्कृत भएका हुन् ।
पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजकसमेत रहेका पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन्।
लामो समयदेखि झापामा रहेर सञ्चार कर्ममा क्रियाशिल ढकाललाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इञ्चार्ज सुमन सिंह सीले सम्मान पत्र प्रदान गरेका थिए भने एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्त सीले नगद प्रदान गरेका थिए ।
पूर्वी गर्जन मिडियाले प्रकाशनमा ल्याएको पूर्बी गर्जन पत्रिका सार्वजनिकीकरण कार्यक्रममा ढकाललाई नगद सहित पुरस्कृत गरिएको थियो ।