झापाको बुद्धशान्ति -१ मा भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि टोन ८ ले उचालेको छ ।
शनिबार सम्पन्न भएको फाईनल खेलमा टोल नं ८ र टोल नं ४ विच प्रतियोगिता भएको थियो ।
खेलको निर्धारित समयमा दुबै टिमको १/१ गोलले खेल बराबरी भएकाले ट्राईबेकरको आधारमा ४/५ गोल अन्तरले -४-नं टोल लाई हराउदै टोल नं ८ ले उपाधि रक्षा गरेको हो ।
उपाधि सँगै टोल नं ८ ले नगद १५ हजार रूपयाँ, ट्रफी र मेडल पाएको छ भने उपविजेता हुने टोल नं ४ ले नगद १० रूपयाँ ट्रफी र मेडलमा चित्त बुझायो ।
शनिवार सम्पन्न फाईनल खेलको म्यान अफ दि म्याच टो नं ८ का भबेस लिम्बु भएका थिए ।
श्री त्रिभुवन माविको खेल मैदानमा फाईनल खेल सुरू भन्दा अगाडि स्थानिय एभरेष्ट साबुन उद्योग र वडा नं १ खेलकुद समिति बिच सो म्याच समेत प्रस्तुत गरिएको थियो ।
विजेता तथा उपविजेतालाई कार्यक्रममका प्रमुख अतिथि वडा नं का वडा अध्यक्ष अनिल वाग्ले, झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मनेस दाहाल,लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
माघ ११ गते बाटसुरू भएको खेलमा खेल अवधिभर खेलाडि हरूलाई प्रतेक खेलका गोल कर्तालाई १ गोल बराबर बुधबारे बर्खा स्मृति प्रतिष्ठान बधबारेका अध्यक्ष मदन प्रसाईं ले २ वटा रेडबुल प्रदान गर्नुहुदै आएको बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक एवम् वडा खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राईले जानकारि दिनु भयो ।
।वडा खेलकुद बिकास समिति बुद्धशान्ति १ को आयोजना तथा एभरेष्ट साबुन उद्योग सह प्रायोजकको रूपमा रहेर श्री त्रिभुवन माविको खेल मैदानमा माघ ११ गते बिहिवार बाट सन्चालन भएको प्रतियोगिताम जम्मा ९ वटा टिमको सहभागीता रहेको वडा नं १ खेलकुद विकास समितिका सहसचिब मनोज थेगिम लिम्बूले जानकारि दिनु भयो ।
फाईनल खेलको उत्घाटन बुद्धशान्ति वडा खेलकुद विकास समितिका संयोजक बालकुमार,राइको अध्यक्षता बुद्धशान्ति गाउँपालिकावडा नं १ वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता साथै बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा देवि खतिवडा, वडा सदस्य सुमित्रा रसाईलि, सदस्य मोहन कुमार राई, त्रिभुवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना, समाज सेवि चन्द्र कोईराला सम्पुर्ण टोलका प्रतिनिधी स्थानिय समाज सेवि सुरक्षा कर्मी लगायतको बाक्लो उपस्थिति भएको थियो ।
खेल व्यवस्थापन समितिका सचिव गजुहाङ योङहाङले सन्चालन गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै, प्रमुख अतिथि अनिल वाग्लेलेखेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु गर्दै जाने वाग्लेले बताउनु भयो ।