
झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा यहि फागुन २ गते देखि १० गते समापन हुने गरि श्रीमद,भागवत साप्ताह ज्ञान महायज्ञ भईरहेको छ बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा रहेको गुरूकुल सन्चालन गर्न साथै
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको सुख शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस, एवं साँस्कृतिक प्रचार प्रसार गर्ने उद्धेश्यले स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ
भन्ने उदेश्यले महापुराणको आयोजन गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष नारद चापागाँईले बताउनु भयो ।
फागुनको २ गते बाट सन्चालन भईरहेको श्रीमद, भागवत,सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न १२ लाख भन्दा माथि खर्च हुने अनुमान गरिएको आयोजक समितिका सचिव दुर्गा देवि खतिवडाले बताउनु भयो ,।
प्रमुख वाचक श्री १००८ स्वामी पन्डित श्री चक्रपाणी आचार्य साथै उपवाचक रामानुज नेपालले मुखाराबृन्द वाट कथा प्रवचन भइरहेको छ । श्रीमद,भागवत कथामा विभिन्न झाँकी धान्यचल विभीन्न दाता माहानुभाव हरूलाइ सम्मान मुस्टिदान समेतको आयोजना गरिएको बताईएको छ