
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको श्री नौलो बिहानी उद्यमी महिला समूहको आयोजनामा अर्गानिक नुहाउने साबुन हार्पिक फिनेल साथै झोल साबुन बनाउने ४ दिने तालिम सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा श्री नौलो बिहानी उद्यमी महिला समुहको आयोजनामा बुद्धशान्ति वडा नं ४ को सटाभर्नाको गणेश चोकमा बैशाख ६ गते बाट ९ गते सम्म ३० जना महिला आमा दिदी बहिनिहरूको सहभागीतामा सन्चालन भएको ४ दिने साबुन बनाउने तालिम आइतबार सम्पन्न गरेको हो ।
श्री नौलो बिहानी उद्यमी महिला समूहकी अध्यक्ष याम माया नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
४ दिवसीय अर्गानिक नुहाउने साबुन हार्पिक फिनेल साथै झोल साबुन बनाउने तालिमको सहजिकरण बुद्धशान्तिका २ जयपुरका रूद्र् प्रसाद भट्टराई र सीता देवि बानियाले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइले आफ्ना भनाई राख्दै महिला आमा दिदी बहिनिहरूको लागि गाउँपालिकाले यस अघि पनि महिला दिदी बहिनिहरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बाउनु भयो ,।
उहाँले भन्नुभयो महिला दिदी बहिनिहरूको लागी जिवनस्तर सुधारनका लागि यहाँका महिला दिदी बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले महिला हरूको जिवन स्तर सुधारका लागि यहाँका महिला दिदी बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
बुद्धशान्ति ४ को सट्टाभर्नाको गणेश चोकमा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
संस्थाकी कोषाध्यक्ष शान्ति भन्डारीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा संस्थाकी अध्यक्ष याम माया नेम्वाङले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिब रोस्नि राईले गर्नु भएको थियो ।कार्यक्रममा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेल स्थानिय समाज सेवि सुमन खालिन,श्री नौलो बिहानी उद्यमी महिला समूह बुद्धशान्ति ४ का सम्पुर्ण पदाधिकारी सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।