
झापाको बुद्धशान्तिमा ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं ४ किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ४ स्थित किरात राई यायोक्खाको प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।
किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो l
कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले साकेलाको रूपमा मनाउदै आएको बताउनु भयो ।
कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ भन्दै आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा बुद्धशान्तिका ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका ४ कोषाध्यक्ष बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा बुद्धशान्तिका ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।