झापाको बुद्धशान्ति ४ मा नेपाल तरूण दल बुद्धशान्ति गाउँसमितको आयोजना साथै नेपाल रेडक्रस सोसाईटि बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै शनिवार न्यु एभरग्रिन इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।
शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर सम्पन्न भएको थियो l
शनिवार भएको स्वाथ्य शिविरमा बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो । रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।
स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।
बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो ।
उक्त शिविरमा ३०० भन्दा बढीले मेचि नेत्रालय काकर भिट्टा बाट अाएका डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।
त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए । शिविरमा सेवा लिएका विरामी हरूलाई आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ ।
यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो बताउनु भयो ।