झापाको बुद्धशान्तिमा पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाको ११ अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुद्धशान्ति २ स्थित नवज्योति युवा क्लबको सभाहलमा ११ अौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।पाँच विगे देवि बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका सहकारी विभाग प्रमुख देवेन्द्र कटुवालको प्रमख आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि प्रमुख अतिथि देवेन्द्र कटुवालले पाच विगे देवि बस्ति बहुउदेश्यीय सहकारी संस्था हालको अवस्थामा आइपुग्दा संस्थाको आर्थिक प्रतिवेदन अद्ययनको आधारमा बुद्धशान्तिको क्षेत्रमा यस पाँच विगे देवी बस्ति सम्वृद्धी बहुउदेश्यीय सहकारी अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउदै पछिल्लो समय बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताउदै यस्तो हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दै आफ्नो धारण राख्नु भएको थियो ।कार्यक्रममा संस्थाको निरिक्षण तथा पदपुर्ति समितिका संयोजक राजकुमार श्रेष्ठले बचत तथा कर्जा लगानि असुलि कार्बिधि २०८१/ को प्रस्तुत गर्नु भएको थियो भने पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाले सहकारि सिद्धान्त अनुरूप गुणस्तरिय वित्तिय सेवा मार्फत विपन्न सदस्यको आर्थिक जीवन उकास्ने उद्येस्य लिएर अगाडि वढेको बताउदै संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको ११ अौ वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले गर्दै आएको सदस्य सम्मान कार्यक्रम अन्तरगत जेष्ठ सदस्यमा तुलाराम श्रेष्ठ उत्कृष्ठ बचतकर्तामा देवेन्द्र कुमार लुम्रे मगर साथै उतकृष्ठ ऋणकर्तामा कौशिला भुजेललाई सम्मान गरिएको थियो ।नवज्योति युवा क्लबको साहलमा सम्पन्न सभामा भएको सभामा बुद्धशान्ति वडा नं २ कार्यवाहक अध्यक्ष सन्जु पौडेल कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष दुर्गा कुँइकेल जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति सदस्य प्रेम सागर सापकोटा लगायतले लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा संस्थाले संस्थामा रहेर नियमित कारोबार गर्दै आउनुहुने संस्थाका सेयर सदस्यहरूलाइ कृषि आौजार समेत वितरण गरिदै आएको बताउदै उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि संस्थाका सेयर सदस्य सन्चारकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका सचिब चुडामणि पान्डेले गर्नु भएको थियो ।