

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्श माध्यमिक विद्यालयका समकालीन साथी समूह-२०५४ ले आज एक कार्यक्रमको आयोजना गरि वनभोज तथा तेस्रो वार्षिक साधारण सभा साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
समकालीन साथि समुहले साधारण सभा साथै बनभोजको अवसर पारेर समुहबाट बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम संयोजक नारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धआदर्श माद्यमीक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न गरिएको थियो ।
बुद्धआदर्श मावि समकालीन साथी समूह-२०५४ ले आयोजना गरेको वनभोज साथै साधारण सभामा आआफ्नो पेशा र व्यवसायले निकै टाढा भएपनि समकालीन साथीहरू सबैजना यसरी भेला भएर कार्यक्रममा आफ्ना तितामीठा अनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।
Related Stories
२९ फाल्गुन २०८१, बिहीबार ०७:३९