
झापाको बुद्धशान्तिमा नेपाली भाषा साहित्य बृहत् कवि गोष्ठी सम्पन्न भएको छ । बुद्धशान्ति वडा नं ६ स्थित ठुटेवरमा प्राङगणमा मंगलबार एक कार्यक्रमको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा ठुटेबर संरक्षण तथा विकास समितीको आयोजनामा बृहत् कवि गोष्ठी सम्पन्न भएको हो ।
ठुटेवर संरक्षण तथा विकास समितिका अध्यक्ष खड्ग पान्धाक सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य मातृ भाषा विभाग प्रमुख राजन मुकारूङको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य मातृ भाषा विभाग प्रमुख राजन मुकारूङले उद्घाटन गर्नु भएको कार्यक्रममा ५० जना वढि कविहरूको तथा स्रष्टा सिर्जना राखिएको थियो ।
धर्म संस्कृति भाषा कला र साहित्य हाम्रो शान ऐतिहासिक ठुटेबर हाम्रो पहिचान भन्ने स्लोगन सहितको बृहत् कवि गोष्ठिको अवसर पारेर झापा जिल्लाका सुगम देखि विकट क्षेत्रमा शान्ति, सुरक्षा र अमनचयन कायम गरी आम जनसमुदायमा राज्यको उपस्थिति बोध गर्न पाएको भन्दै विगत वर्ष देखि झापामा रही शान्ति सुरक्षा दिनु हुने जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक मिलन केशीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजन मुकारूङ लगायत मामृभाषा कोष तथा विभाग प्रमुख प्राज्ञ त्रैलोक्यमान वनेपाली, नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य प्राज्ञ मुनाराज शेर्मा,चन्द्र भन्डारी जय भन्डारी लगायतले सम्युक्त रूपमा सडक पुस्तकालयको समेत उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालय साथै बाल क्लबहरूका विद्यार्थीहरूको कविता प्रतियोगिता समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा शान्तिनिकेतन अङ्ग्रेजी विद्यालय बुद्धशान्ति ५ कि मन्सु ढकाल प्रथम ,बहुवन मा वि रोङ ५ कि गृसा सक्तेल दोस्रो, र सिदेश्वर बाल बगैँचा कल्बका स्वागत अधिकारी तेस्रो भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि राजन मुकारूङ रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो ठुटेवर संरक्षण तथा विकास समितिका अध्यक्ष खड्ग पान्धाक सुब्बा अतिथिहरू चन्द्र भन्डारी जय भन्डारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संङ सस्थाका प्रतिनिधि सामाजिक व्याक्तित्व स्थानिय बासी लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
ठुटेवर संरक्षण तथा विकास समितिका सचिव कृष्ण प्रसाद आचार्यले उपस्थित सम्पर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नेपाली भाषा साहित्य बृहत् कवि गोष्ठी कार्यक्रम समिति सदस्य सोमनाथ पौडेल र नारायण अधिकारीले गर्नु भएको थियो ।