
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं –२, जयपुर स्थित श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरमा पवित्र महाशिवरात्रिको पावन अवसर पारेर संगीतमय श्री भविष्य महापुराण महायज्ञ संचालन भइरहेको छ ।
फागुन ६ गतेदेखि सुरु भएको महापुराण फागुन १४ गतेसम्म हुनेछ । पूर्व नेपालका चर्चित १८ पुराण्का व्याख्यता युवा मृदुभाषी आर्चाय पंडित श्री आशुतोष खनालज्युको मुखराविन्दबाट अमृतमय कथा प्रवचन भइरहेको महापुराणमा श्रद्दालु भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ ।
पुराणमा पंडित राम सुवेदी ज्युबाट पाठ परायण र भक्ती संगितमा रोषन मिश्रको टोली रहेको छ ।
महापुराणमा कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकको पनि उपस्थिति रहेको छ ।
उहाँले यस्ता महायज्ञहरुले यस ठाउँमा पर्यटन प्रवर्धन हुनुका साथै धर्म, संस्कृतीको संरक्षण हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
यस ठाउँको धार्मिक संरचनाहरुको संरक्षणका लागि प्रदेश मातहतबाट आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । पुराण आयोजक समितिका संयोजक रोमनाथ पौडेलले मन्दिरको आर्थिक पक्ष कम्जोर रहेकाले मन्दिरको लागि अक्षकाषको वुद्धि तथा जीर्ण अवस्थामा रहेको मन्दिरको छानामा पित्ततलको छाउनी लगाउने उदेश्यले यस महायज्ञको आयोजना गरिएको बताउनुभयो ।
उहाँले पुराण्बाट संकलित रकमले अतिथिहरुको लागि आवास पनि निमार्ण गर्ने बताउनु भयो ।
प्रत्येक दिन स्थानीय भजन कृतन समुहद्वारा भजन कीर्तन सहित ज्ञाननमञ्च साथै भाँकी देवलीला भैरहेको छ ।
महायज्ञमा अनुमानित करिब १० लाख खर्च हुने श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरका अध्यक्ष पुक्ष्पराज न्यौपानेले जानकारी दिनु भयो ।
साथै उहाँले भक्तजनहरूको उल्लेखीय उपस्थिीती रहने आयोजकले अपेक्षा राखेको बताउनुभयो ।
महापुराणको ५औँ दिनसम्म आइपुग्दा सन्तोसजनक सहयोग प्राप्त भैरहेको उहाले बताउनु भयो ।
यस महापुराणले धार्मिक चेतना अभिवृद्धि गर्दै समाजमा नैतिकता र सद्भाव फैलाउने उद्देश्य राखेको छ ।