झापाको बुद्धशान्ति २ स्थित एम्बिसन एकाडेमी विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरि स्वर साम्राज्ञि अरुणा लामाको स्मृति दिवसको अवसरमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय ब्यबस्थापन समिती अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बरिस्ठ सङीतकार तथा गीतकार शिव शंकर थापा रहुनु भएको थियो।
विद्यार्थी अदिती सिवाकोटी ले शाब्दिक स्वागत गरेको कार्यक्रमको सन्चालन प्रबन्ध निर्देशक दिपेन सिटौलाले गर्नु भएको थियो। कार्यक्रममा अग्रज शिक्षासेवि तथा साहित्यकार गणेश निरौला , टंक बिकल्प लगायत घर दलान साहित्य परिवारका सदस्यहरु, अजम प्रधान ,मित्र लामा , मनोहर शर्मा लगायतका दार्जिलिङ तथा सिलिगुडिका गितकार , संगीतकार तथा सहित्यिक ब्यक्तित्वहरु लगायत स्थानिय गुरु ओलि, देविध्वज योन्जन, लोकेश राइ, हरि उप्रेती , सुजित बराल, सेमन्त पोखरेल,अर्जुन ढकाल, कुशल अधिकरी लगायत स्थानिय अभिभावक तथा विशिष्ट ब्यक्तिहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले अरुणा लामाले गाउनु भएका गीत गाउनुका साथै कबिता वाचन गरेका थिए ।
कार्यक्रममा उपस्थित अतिथीहरुले यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरुमा आत्माबिस्वास बढ्ने र स्रस्टाहरुलाइ सम्मान गर्नुपर्छ भन्ने भावनाको बिकास हुने साथै एक आपसमा भाषा तथा सस्कृतिको आदान प्रदान हुने जानकारी गराउदै अरुणा लामाको बरेमा चर्चा गर्नुका साथै गित ,गजल, तथा कबिताहरु प्रस्तुत गर्नुभएको थियो ।
<span;>