


बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका–१० का अन्दाजी ६८ वर्षीय टंकप्रसाद बराल गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्याएपछि साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
