
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रविलामिछानेविरुद्ध मुद्दा हाल्दा रूपन्देही जिल्ला प्रहरीले छलछाम गरेको आशंका उत्पन्न भएको छ । एक सहकारी बचतकर्ताले आफूले बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप सार्वजनिक रूपमा लगाएका छन् ।
रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका एक नारायण पहराईले आज फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो ।