
झापाको बुद्धशान्तिमा ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार बुद्धशान्ति १ स्थित श्री बुद्धआदर्श माध्यमिक विद्यालयमा “विद्यालयमा किन ट्राफिक ज्ञानको आवश्यकता” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाको आयोजनामा साथै बुधबारे ट्राफिक प्रहरि र बुद्धशान्ति साप्ताहिकको समन्वयमा भएको प्रतियोगिता सन्चालन भएको हो
यस कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमबारे सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा A1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयका छात्र प्राज्ञ भट्टराई प्रथम
B1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकै छात्रा विजिता भण्डारी दोस्रो
F1 अर्थात बुद्धशान्ति २ स्थित जयपुर अंग्रेजी विद्यालय (JEBS) की छात्रा जिज्ञासा घिमिरे तेस्रो
र C2 अर्थात बुद्धशान्ति १ स्थित बुद्ध आदर्श माविकी छात्रा आर्जु गौतमले सान्तवना पुरस्कार जितेकी छिन् ।
विजेता विद्यार्थीहरुलाई भोलि बिर्तामोड स्थित मुक्तिचौकमा ट्राफिक प्रहरीको आयोजनामा बिहान ७ बजे एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने बताईएको छ ।