
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ ।
पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ ।
आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीको कारण भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।