
झापाको बुद्धशान्तिमा यहि १९ गते सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आउने भएका छन,।
बुद्धशान्ति ३ स्थित बर्खा स्मृति प्रतिष्ठानको सहजिकरणमा
आफ्नो पुस्तक बिक्रीगर्न राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बुद्धशान्ति आउने भएका हुन । बुद्धशान्ति ३ स्थित महिला सामुदायिक अस्पताल भएको घरको माथिल्लो तलामा रहेको बर्खा स्मृतिको आफ्नै कार्यालयको सभाहलमा महावीर पुन आउने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनु भयो ।
उहाँले पर्सि १९ गते सोमबार बिहान ११ बजे उपस्थित भई पुनलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गर्नु भयो ।