
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा बजारस्थित क्याम्पस रोडमा आगलागी हुँदा एक बुद्धा महिला जलेर गम्भीर घाइते भएकी छिन् । आगलागीबाट ८१ बर्षिया बृद्धा बाटुलिमाया दाहाल जलेर सख्त घाइते भएकि छिन् ।
आज (बिहीवार) ७ः१५ बजे बिहान ग्यास सिलिण्डरबाट आगलागी भएको हो । आगलागीबाट घरका सबै सामान जलेर नष्ट्र भएको छ ।
ताप्लेजुङ घर भई हाल झापा कनकाई–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लाको एउटा कोठामा एक्लै डेरा गरी बस्ने दाहाल खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज भएर आगोलागी भएको थियो ।
शरिरको बिभिन्न भाग जलेको, तत्काल उपचारको लागेर कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएकोमा थप उपचारको लागि बीएण्डसी बिर्तामोड तर्फ पठाइएको प्रहरीले जनाएको छ । उक्त कोठा आगलागीबाट पूर्ण रुपमा क्षति भएको, क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिकाको दमकल, सुरुङ्गा प्रहरी, पत्रकार स्थानियवासीको सहयोगमा ७ः३५ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो । आगलागबाट बाटुलिमाया शरिरको ३० प्रतिशत भाग जलेको पारिवारिक स्रोतले जनाएको छ ।