
झापाको बिर्तामोड नगरपालिका–२ स्थित जीवन ढुंगानाले सञ्चालन गरेको ग्रिन पार्क स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–३ का ३३ वर्षीय प्रकाश प्रसाई र वडा नम्बर १० का ३३ वर्षीय केशव शिवाकोटी आज दिउँसो पार्कमा घुम्न तथा पौडी खेल्न गएका थिए। सोही क्रममा प्रसाईको स्विमिङ पुलमा डुबेर ज्यान गएको जनाइएको छ।
स्विमिङ पुल सञ्चालकले साँझ ८:०० बजे इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी गराएका थिए। जानकारी पाउनासाथ प्रमुख नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।