
झापाको बुद्धशान्तिमा नेपाल कम्युनिष्ठ पाटीले आज एक कार्यक्रमको आयोजना गरि जेन जि विद्रोह नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धशान्ति ३ स्थित रामजानकी मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति इन्चार्ज रोसनी सि को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता नेपाल कम्युनिष्ठ पाटीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सुमन सिंह सी रहनु भएको थियो । अन्तरक्रियामा सहभागी वक्ताहरुमा स्थानिय व्यवसायी दुर्गा कुइकेल, पुर्व प्रधान अध्यापक धन बहादुर श्रेष्ठ ,घर दलान साहित्यका अभियान्ता पुर्व शिक्षक गणेश निरौला,बुद्ध आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष मनोरथ तिवारी
कानुन व्यवसायी अर्जुन अधिकारी, पुर्व शिक्षक तथा समाज सेवी डिल्ली नेपाल,माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ लगायतका वक्ताहरुलेअवधारणा पत्रमा सुझाव सहितका महत्वपूर्ण बिचारहरु राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ठ पाटीका केन्द्रीय सदस्य कमरेड प्रशान्त सीले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।
जेन जि बिद्रोहमा शहादत प्राप्त गर्ने शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शुरु गरिएको अन्तरकृया कार्यक्रमको सन्चालन
समाज सेवी अर्जुन सीले गर्नु भएको थियो ।