झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री बुद्ध आदर्श माद्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पुस १९ गतेदेखि सुरु भएको वार्षिक उत्सव विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम अन्तर मा वि सामुदाहिक विद्यालय हाजिर जवाफ तथा मनोरञ्जनात्मक खेलकुद गतिविधि आयोजना गर्दै सोमबार औपचारिक रूपमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयले विभिन्न दाताहरूले राखेको २० वटा अध्यक्षकोषबाट ५४ जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको थियो ।
त्यस्तै विद्यालयले स्थापना गरेको अध्यक्षकोष बाट कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय,अनुशासित तथा जेहनदार ३३१ जना विद्यार्थिहरूलाई न्यानो कपडा साथै शैक्षिक पुरस्कार वितरण गरिएको थियो।
सोही अवसरमा विद्यालयले वर्षोत्कृष्ट शिक्षक सम्मान र वर्षोत्कृष्ट विषयगत शिक्षक सम्मानमा शिक्षक हरूलाई सम्मान गरिएको थियो ।
सम्मानित शिक्षकहरूमा वर्षोत्कृष्ट शिक्षक सम्मानबाट लक्ष्मि देवि न्यौपाने र ज्ञान बहादुर धिमाललाई सम्मान गरेको थियो
त्यस्तै विषय गत वर्षोत्कृष्ट शिक्षक सम्मानमा अर्थ शास्त्रमा दिपक बुढाथोकी , समाज शास्त्रमा हरि प्रसाद प्रसाईं ,अैक्षिक अङ्ग्रेजीमा शुसिला काफ्ले ,व्यवसाहिक अध्यनमा देवि प्रसाद मैनाली ,नेपाली विषयमा क्षत्रमणि आचार्य र माधब प्रसाद बराल ,स्वाथ्य शारिरिकमा टिकाराम खवास ,शैक्षणिक विधि र मुल्याङकमा गोबिन्द प्रसाद ढुङ्गाना जीवविज्ञान विषयमा उर्मिला कोईराला रिजाल सम्मानित हुनुभएको थियो ।
कार्यक्रमका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मनोरथ तिवारीले विद्यालयले विगतका वर्षहरूको तुलनामा उल्लेखनीय प्रगति गर्दै आएको बताउनुभयो, स्थानिय सरकार प्रदेश सरकार,केन्द्र सरकारको सहयोगमा यश विद्यालयको स्तरउन्नतिमा निकै राम्रा काम भइरहेको बताउनु भयो,उहाँले शिक्षा शुधार गर्न अब ५ पक्क्षिय सरकार शिक्षक विद्यार्थी व्यावस्थापन समिती अभिभावक विचको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
अतिथी र अभिभावकले विद्यालयले गरेको ६५ औँ वार्षिकोत्सवले विद्यालयको उज्यालो भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छन ।
कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सन्चालन विद्यार्थी आरोग्य खतिवडा ,आकृति सुवेदी आरब खतिवडा र रिदिमा कुँवरले ग जनाले गरेका थिए ।





